images
images

ब्याजदर बढ्छ भन्ने अभिव्यक्तिबारे गभर्नरले दिए प्रष्टीकरण


  • 1.2K
    SHARES
  • २०७८ पौष ७ गते बुधबार

    ब्याजदर बढ्छ भन्ने अभिव्यक्तिबारे गभर्नरले दिए प्रष्टीकरण

    काठमाडौं । नेपाल राष्ट्र बैैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर र मूल्य वृद्धिबारे आफूले दिएको अभिव्यक्तिको बचाउ गरेका छन् । राष्ट्र बैंकले आफूसँग सम्बन्धित विषयमा बोल्ने भन्दै यो अन्तराष्ट्रिय अभ्यास भएको गभर्नर अधिकारीले प्रष्टिकरण दिएका हुन् । 

    नेपाल राष्ट्र बैंकले बुधबार आयोजना गरेको पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले यसअघि गभर्नरले ‘पुसमा ब्याजदर बढ्छ’ भन्ने अभिव्यक्तिबारे प्रश्न सोधेका थिए । साथै नेपाल राष्ट्र बैंकले मूल्यवृद्धिबारे पूर्व आँकलन गर्नु हुन्छ कि हुँदैन भन्ने सम्बन्धमा समेत प्रश्न सोधेका थिए ।

    जवाफमा गभर्नरले जुनकुनै मूल्यवृछिबारे बोल्नु राष्ट्र बैंकको दायित्व नै भएको बताए । ‘तपाइँहरु आईएमएफ, वल्र्ड बैंकलाई हेर्नुभयो भने पनि उनीहरुले वर्षको ३ पटक प्रत्येक देशको भविष्यवाणी गर्छ, यो अन्तर्राष्ट्रिय अभ्यास नै हो । 


    images
    images

    Logo