images
images

दुई दिनमा १२ सयले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाऊ?


  • 710
    SHARES
  • २०७८ पौष ७ गते बुधबार

    दुई दिनमा १२ सयले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाऊ?

    काठमाडौं ।  दुई दिनमा सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

    सोमबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज १२ सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै, तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १सय रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २ सय ४५ पुगेको महासंघले जनाएको छ ।


    images
    images

    Logo