images
images

काठमाडौँसँग सीधै जोडियो रोल्पाको थवाङ


  • 346
    SHARES
  • २०७८ पौष ७ गते बुधबार

    काठमाडौँसँग सीधै जोडियो रोल्पाको थवाङ

    रोल्पा । रोल्पाको थवाङ सिधै काठमाडौँसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौँ जोडिएको हो । 

    बस सेवामार्फत् थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौँका लागि रात्रिबस सेवा सुरु भएको छ ।

    हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ । यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडौँ जाने गरेका थिए । 

    थवाङ–लिवाङ र लिवाङ–काठमाडौँको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ–काठमाडौँ बस सेवा सुरु भएसँगै राहत मिलेको छ । 


    images
    images

    Logo