images
images

वायुसेवा निगम निजीकरणको सम्पूर्ण प्रक्रिया स्थगित


  • 324
    SHARES
  • २०७८ पौष ७ गते बुधबार

    वायुसेवा निगम निजीकरणको सम्पूर्ण प्रक्रिया स्थगित

    काठमाडौं । नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने पूववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारको प्रयास स्थगित भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई सो निर्णय स्थगित गरेको जानकारीसहित पत्र पठाएको हो । 

    यसअघि असार १४ गते अर्थ मन्त्रालयले निगमलाई निजीकरण गर्ने प्रक्रिया अघि बढाउन मन्त्रालयलाई पत्र लेखेर निगमलाई लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने पत्र लखेको थियो । तर मर्मचारीको आन्दोलनसँगै यो प्रक्रिया अघि बढेको थिएन । 

    गत साता पर्यटनमन्त्री प्रेम आलेले यो प्रक्रिया स्थगित गर्न मन्त्रीस्तरीय निर्णय गरेका थिए । सो निर्णय अनुसार मन्त्रालयले निगमलाई निजीकरणसम्बन्धी प्रक्रिया रोक्न पत्र पठाएको हो । 

    यसअघि तात्कालिन पर्यटनमन्त्री भानुभक्त ढकालले निगमलाई निजीकरण गर्ने प्रक्रिया अघि बढाउने प्रयास गरेका थिए । नयाँ सरकार परिवर्तनसँगै सो मन्त्रालको जिम्मेवारी प्रेम आलेले सम्हाले । उनले निगम निजीकरण नगर्ने भन्दै निगममा आन्दोलनरत कर्मचारीको काम बमोजिम कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरे भने तात्कालिन महाप्रबन्धक डिमप्रकाश पाैडेललाई मन्त्रालयमा सरुवा गरिदिए । 

     


    images
    images

    Logo