images
images

गुणस्तरहीन खाद्यपदार्थ बेच्नेविरुद्ध २७ वटा मुद्दा दायर


  • 386
    SHARES
  • २०७८ पौष ६ गते मंगलबार

    गुणस्तरहीन खाद्यपदार्थ बेच्नेविरुद्ध २७ वटा मुद्दा दायर

    काठमाडौँ । खाद्यविधि तथा गुण नियन्त्रण विभागले चालू आथिक बषको प्रथम त्रैमासिक अवधिमा न्यूनस्तर तथा दूषित उत्पादनका साथै बिक्री वितरण गरेको कसूरमा २७ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको छ ।

    विभागले दायर गरेका मुद्दा मध्ये दूध तथा दुग्ध पदार्थका ९ वटा, मसला पदार्थका ५, खाद्यन्न एवं दलहन तथा सोबाट बनेको पदार्थ ५, प्रशोधित पिउने पानीका ३, चियाका २, सोयाससको एक, तेलको एक र दानाको एक छन् ।
     
    विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार मुद्दामध्ये दूषितसम्बन्धी ११, न्यून गुणस्तरका ९, खाद्य ऐन नियम निर्देशिका उलङ्घनसम्बन्धी एक, लेवल लगायतका विवरण नमिलेका ६ वटा मुद्दा दर्ता भएको छ ।

    खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर हुने व्यवस्था छ ।

    यस प्रथम त्रैमासिक अवधिमा विभागले उत्पादन दर्ता १९ र नवीकरण ६७ वटा आहार पूरक खाद्य पदार्थ नियमन गरेको  छ ।

    त्यसैगरी १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा १६ हजार ३ सय १० नमूना सङ्कलन गरी जाँच विश्लेषणका साथै नियमन गरेको जनाइएको छ । 


    images
    images

    Logo