काठमाडौं । विवेकशील साझाका संयोजक मिलन पाण्डे निष्कासित भएका छन् । मंगलबार पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको पत्र पठाएका हुन् ।
मिश्रले पठाएको पत्रमा पाण्डेले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि गरेको आरोप लगाइएको छ ।
पत्रमा पाण्डेलाई मंसिर २८ गते लिखित स्पष्टिकरण माग गरिएकोमा पुस ५ गतेसम्मको समयभित्र स्पष्टिकरण नबुझाइ १ दिन ढिलो गरी बुझाएको तथा स्पष्टीकरणमा तपाईँसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको भन्दै साधारणस सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख गरिएको छ ।
