काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा ८ सय ले घटेर ९३ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५२ अजार ५ सयमा कारोबार भइरहेको छ । भने चाँदीको मूल्य १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।