images
images

आयातमा थप कडाई, १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने 


  • 655
    SHARES
  • २०७८ पौष ५ गते सोमबार

    आयातमा थप कडाई, १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात व्यापारलाई थप कडाइ गरेको छ । सोमबार केन्द्रिय बैंकले जारी गरेको नयाँ निर्देशिकामा विभिन्न १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हाे । 

    विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि आयातमा थप कडाइ गरेको हो ।  यसले आयातकर्तालाई वस्तु आयात गर्नका लागि पहिले नै रकम जोहो गर्नुपर्ने अवस्था आएको छ । यस्तो मार्जिन रकममा बैंकहरुले ब्याज प्रदान गर्न पाउने छैनन् । त्यस्तै मार्जिन रकम जम्मा गर्ने प्रयोजनका लागि कुनै पनि बैंकले कर्जा प्रवाह (स्वदेशी मुद्रामा) समेत गर्न पाउने छैनन् । उल्लेखित वस्तु आयातका लागि अग्रिम भुक्तानी गर्न पाइने छैन ।

    सवारी साधनको आयातका लागि विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको छ । अब मोटरसाइकल तथा स्कुटर आयात गर्दा ५० प्रतिशत मार्जिन राख्नुपर्ने भएको छ । विद्युतीय र शारीरिक अशक्त व्यक्तिले चलाउने मोटरसाइकल तथा स्कुटरका हकमा भने यो व्यवस्था लागू नहुने राष्ट्र बैंकले जनाएको छ । 


    images
    images

    Logo