images
images

हिमालयन बैंकद्वारा इन्भेष्टमेन्टसँग मर्जरमा जाने प्रस्ताव पारित


  • 541
    SHARES
  • २०७८ पौष ५ गते सोमबार

    हिमालयन बैंकद्वारा इन्भेष्टमेन्टसँग  मर्जरमा जाने प्रस्ताव पारित

    काठमाडौं । हिमालयन बैंकको सञ्चालक समितिले इन्भेष्टमेन्टसँग गाभ्ने प्रस्ताव पास गरेको छ । हिमालयन बैंकको सञ्चालक समितिले आइतबार बसेको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पास गर्दै शुक्रबारसम्म २१ दिनको समय राखेर साधारणसभा साधारणसभा बोलाउने निर्णय गरेको छ ।

    हिमालयन बैंकले अब नियमित साधारणसभा र इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नको लागि साधारणसभा बोलाउने छ । नेपाल इन्भेष्टमेन्ट बैंकको भने पहिलै साधारणसभा  बोलाइसकेको हुनाले हिमालयन बैंकसँग मर्जरमा जानको लागि  विशेष साधारणसभा बोलाउने छ ।

    मर्जर बराबरी हैसियतमा हुने  छ। नाम भने हिमालय नेपाल इन्भेष्टमेन्ट बैंक हुने छ। अध्यक्ष इन्भेष्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकको तर्फबाट अशोक राणा हुने छन्।


    images
    images

    Logo