काठमाडौं । नेपाली काँग्रेसको खुला पुरुषतर्फ ३५ जना निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार १ हजार ७ सय ७ सम्म मत ल्याउने उम्मेदवार निर्वाचित भएका हुन् ।
सबैभन्दा बढी मत शशंक कोइरालाको आएको छ भने सबैभन्दा कम मत ल्याएर निर्वाचित हुने कृष्णकिशोर घिमिरे रहेका छन् ।

