कठमाडौं । अन्तरराष्ट्रिय शैक्षिक सेवाप्रदायक संस्था स्टडी ग्रुपले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग नयाँँ सम्झौता गरेको छ । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी युएस् न्युज डट कम र वल्र्ड रिपोर्टको टप पब्लिकहाइयर एडुकेसन इन्स्टिच्युसनमा पर्न सफलविश्वविद्यालय हो ।
यो विश्वविद्यालयमा ३० हजार बढी अन्डर–ग्र्याजुएट र पोस्ट–ग्र्याजुएट विद्यार्थीहरु अध्ययनरत छन् । यो विश्व–विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पढाई सकिएपछि गूगल, एप्पल, र जेनेरल मोटर्स र प्राइस वाटर हाउस कुपर्स जस्ता ग्लोबल कम्पनीहरुमा ४हजार ८ सय भन्दा बढी इन्टर्न्शिशपप्लेस्मेन्टको सुविधा उपलब्ध गराएको छ ।
फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीले विद्यार्थीको प्रोफेसनल कार्यक्षमता अभिव्रिद्धी गर्ने काम पहिलो प्राथमिकतामा राख्छ । र स्टडी ग्रुपको मुख्य उद्धेश्य पनि विद्यार्थीको प्रोफेसनल कार्यक्षमता अभिव्रिद्धी गर्ने नै हो । स्टडी फ्लोरिडा एट्लान्तिक युनिभर्सिटीको बृहत शैक्षिक कार्यक्रमहरुमा अन्तर–राष्ट्रिय विध्यार्थीहरु भर्नागर्नको लागि ट्रस्टेड पार्टनर हो । स्टडी ग्रुपले विश्वभरीका यस्तै ५० युनिभर्सिटीहरुसँग मिलेर ग्लोबल एजुकेसन सम्बन्धि शैक्षिक परामर्श गर्दै आइरहेको छ ।
स्टडी ग्रुप हालसालै ग्लोबल एजुकेसन इन्न्भेस्टर अवार्ड्समापाथ वे प्रोभाइडर अफ द इयर पनिहुन सफल भएको थियो ।
स्टडी ग्रुपका सिइओ एम्मा ल्यान्कास्टरले भने, “अमेरिका अध्ययनको लागि आउनचाहने विद्यार्थीहरु मध्य धेरैको रोजाइमा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ्ग र म्याथ्म्याटिक्स (एस.टि.इ.एम) अन्तर्गतका विषयहरु पर्छन् ।
त्यसैले हामीले यी विधाहरुमा धेरै प्राथमिकता दिएर उल्लेखनीय लगानी गरेका छौँ । र हाम्रो बोका रतोनमा अवस्थित विश्वविद्यालयको मुख्य भवन पनि एकदमै शान्दार र सुन्दर छ । हामी अन्तरराष्ट्रिय विद्यार्थीहरुलाई फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको अध्ययन अनुभव प्रदान गर्न अत्यन्त उत्साहित छौँ । स्टडी ग्रुपको टिमले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको अन्तरराष्ट्रिय विद्यार्थी भर्ना लक्ष्य पुरा गर्न पनि सहयोग गर्नेछ ।
जसले अहिलेको डिजिटल संसारमा स्थानीयविद्यार्थीहरुलाई संसारभरिका विद्यार्थीहरुसँग एक–अर्कासँग घुलमिल हुँदै सिक्ने र एक–अर्काको भाषा, संस्कृति र परम्परालाई बुझ्ने अवसर प्रदान गर्नेछ । पार्ट्नरशिपलाई स्वागत गर्दै फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीका सिनियर असोसियट प्रोभोस्ट रस इभीले भने, “हामी स्टडी ग्रुपसँगमिलेर कामगर्न पाएकोमाअत्यन्तै हर्षित छौँ र अन्तर–राष्ट्रिय विद्यार्थीहरुलाई हाम्रो आधुनिक र शान्दार क्याम्पसमा स्वागतगर्न उत्साहित छौँ । स्टडी ग्रुपले फेबअरी २०२२ बाट अन्तरराष्ट्रिय विद्यार्थी भर्ना लिन शुरु गर्नेछ । र २०२२ को फलमाउनीहरु युनिभर्सिटी जान पाउनेछन् ।



