images
images

भक्तपुर प्याब्सनको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित


  • 347
    SHARES
  • २०७८ पौष ४ गते आइतबार

    भक्तपुर प्याब्सनको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित

    भक्तपुर। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।शनिबार सम्पन्न १५ औं जिल्ला अधिवेशनले नवरत्न इंगलिस स्कुल थिमिका प्रिन्सिपल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्।

    निर्वाचन कमिटीका अनुसार दिपज्योति इंगलिस सेकेण्डरी स्कुलका सेमन्तराज सुवेदीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए। अध्यक्षका लागि भएको निर्वाचनमा श्रेष्ठले ७० मत र सुवेदीले २८ मत पाएका थिए।

    वरिष्ठ उपाध्यक्षमा राजन कसपाल विजयी भएका थिए। उनले ५७ मत पाए भने उनका प्रतिद्वन्द्वी कुमार श्रेष्ठले ३९ मत पाएका थिए। यस्तै, सचिव पदका लागि भएको निर्वाचनमा विजय कर्माचार्य विजयी भएका छन्। उनले ५८ मत पाए भने उनका प्रतिद्वन्द्वी डिल्लीराज जोशीले ३९ मत पाए।

    कोषाध्यक्ष पदमा नारायणकृष्ण श्रेष्ठ विजयी भएका छन्। उनले ५७ मत पाए भने उनका प्रतिस्पर्धी कुमार कट्टेलले ४० मत पाएको निर्वाचन कमिटीले जनाएको छ। 

    सहकोषाध्यक्ष पदमा लक्ष्मी कुटु निर्वाचित भएकी छन्। उनले ५५ मत पाइन भने टंकप्रसाद सिटौलाले ४३ मत पाए। अधिवेशनले उपाध्यक्षमा विणा पाण्डे, सहसचिवमा सोमकृष्ण प्रजापति, सदस्यमा मिना महर्जन, सूर्य भण्डारी, लिलानाथ निरौला, खुल्ला सदस्यमा देवानन्द त्वाती, ईश्वरबहादुर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको थियो।

    महाधिवेशन प्रतिनिधिमा सानुराजा कार्कीलाई पनि निर्विरोध प्रतिनिधि छनोट गरेको निर्वाचन कमिटीले जनाएको छ ।


    images
    images

    Logo