images
images

एकैपटक १२५  शिक्षकको सरुवा


  • 265
    SHARES
  • २०७८ पौष ४ गते आइतबार

    एकैपटक १२५  शिक्षकको सरुवा

    काठमाडौं । वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १ सय २५  शिक्षकको सरुवा र पदस्थापन गरेको छ । महानगरपालिका , शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित  विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो ।

    महानगरपालिका अन्तर्गत कूल ३२  वडामा प्रावि, निमावि र मावि गरी ९९  सामुदायिक विद्यालयमा करिब ८ सय शिक्षक कार्यरत छन् । विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको जनाइएको छ ।  


    images
    images

    Logo