images
images

५७ जिल्लाका बालवालिकालाई आजदेखि मोर्डना खोप


  • 259
    SHARES
  • २०७८ पौष ४ गते आइतबार

    ५७ जिल्लाका बालवालिकालाई आजदेखि मोर्डना खोप

    काठमाडौं । देशका ५७ जिल्लाका आजदेखि मोर्डना खोप वितरण हुँदैछ । १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई आइतबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिने भएको हो । यो अभियान आगामी १० दिनसम्म चल्नेछ । 
     
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिए । उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुरमा खोप वितरण ुहनेछ । 

    प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ । यस्तै वाग्मती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर जिल्लामा खोप वितरण हुनेछ । 

    गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत जिल्लामा यस्तो खोप वितरण हुनेछ । लुम्बिनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् । 

    त्यस्तै कर्णाली प्रदेश अन्तर्गत डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लामा यस्तो खोपको वितरण हुनेछ ।सुदूरपश्चिम प्रदेशका ७ जिल्लाहरु बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएका छन् । 

    अहिले पहिलो डोज खोप लगाएकालाई माघ २ देखि १२ गतेसम्म दोस्रो डोज खोप अभियान सञ्चालन हुनेछ । 

    यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान सोही अवसरमा मन्त्रालयले सञ्चालन गर्दैछ । 

    बाँकी २० जिल्लामध्ये काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेत गरी ७ जिल्लाका बालबालिकालाई यही पुस १३ देखि २२ गतेसम्म फाइजर खोपको पहिलो मात्रा दिइनेछ । ती जिल्लामा माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा सञ्चालन हुने मन्त्रालयले जनाएको छ । 

    बालबालिकाहरुलाई सम्बन्धित विद्यालयको सिफारिसमा वडास्तरको स्वास्थ्य चाैकी वा अस्पतालबाट खोप वितरण हुनेछ ।


    images
    images

    Logo