images
images

६७ मुलुकबाट आउने यात्रुलाई होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगित


  • 511
    SHARES
  • २०७८ पौष ३ गते शनिबार

    ६७ मुलुकबाट आउने यात्रुलाई होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगित

    काठमाडौं । अध्यागमन विभगले कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) फैलिएका ६७ मुलुकबाट आउने यात्रुलाई अनिवार्य रुपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगन गरेको छ ।
     
    विभागले आज एक सूचना जारी गरी अर्को सूचना नआएसम्मका लागि उक्त व्यवस्था स्थगन भएको जनाएको छ । विभागले शुक्रबार मात्रै सूचना जारी गरी होटल क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गरेको थियो ।

    “डिसेम्बर १७ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (सात दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ”, विभागद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू भने सक्रिय रहेको विभागले जनाएको छ । 

    स्वास्थ्य मन्त्रालयबाट आएको पत्रका आधारमा शुक्रबार नै उक्त व्यवस्था लागू गरिएको तर कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) का अधिकारी तथा गृह मन्त्रालयबाट समेत तत्कालका लागि उक्त व्यवस्थालाई पुनःविचार गर्नुपर्ने देखिएको र थप छलफल गर्नुपर्ने कुरा आएकाले तत्कालका लागि उक्त व्यवस्था स्थगन गरिएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइले जानकारी दिए । 

    उक्त विषयमा सोमबार सीसीएमसीका प्रतिनिधि, विभिन्न मन्त्रालयका अधिकारीसहितको बैठक बस्ने भएकाले सोही बैठकको निर्णयका आधारमा अघि बढ्ने गरी हाललाई उक्त व्यवस्था स्थगन गरिएको विभागले जनाएको छ । 


    images
    images

    Logo