काठमाडौं । विवादास्पद मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार अपराह्न ४ बजेका लागि बैठक बोलाइएको हो ।
देउवाको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीलाई छलफलमा बोलाएका छन् । छलफलपछि सो सम्झौतालाई संसदमा निर्णयार्थ पेश गर्ने सरकारको तयारी छ ।
अहिले सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र साना दलहरु एमसीसी पारित गर्न नहुने पक्षमा छन् । प्रमुख प्रतिपक्षी एमाले र नेपाली काँग्रेस भने यो प्रस्ताव पारित गर्नुपर्ने पक्षमा छन् । यो प्रस्ताव पारित गर्न संसदको २ तिहाई बहुमत चाहिन्छ । एमसीसीकै कारण सत्ता गठबन्धन भत्किन सक्ने अनुमान समेत हुन थालेको छ ।



