images
images

भीम रावलद्वारा एमालेको केन्द्रीय सल्लाहकार पद अस्वीकार


  • 339
    SHARES
  • २०७८ पौष ३ गते शनिबार

    भीम रावलद्वारा एमालेको केन्द्रीय सल्लाहकार पद अस्वीकार

    काठमाडौं । भीम रावलले एमालेको केन्द्रीय सल्लाहकार पद अस्वीकार गरेका छन् । अध्यक्षको निर्वाचनमा पराजय व्यहोरेपछि केन्द्रीय समितिमा बस्न समेत अस्वीकार गरेका रावललाई एमालेले केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएको थियो । 

    तर, उनले यसबारे आफूलाई केही नसोधिएको र यस्तो टिके पद आफूलाई आवश्यक समेत नभएको बताएका छन् । यस्तो प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताविपरित हुने समेत रावलले बताए ।

    ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ,’ सामाजिक सञ्जालमा रावलले लेखेका छन्, यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’


    images
    images

    Logo