काठमाडौं ।
चितवन । भरतपुर महानगरपालिका९१ भतेरी जंगलबाट प्रहरीले २ सय ४४ पिस नियन्त्रित लागूऔषध बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरी टोलीले गएराती नोरफिन, डाईजेपाम र ट्रामा लगायत लागु औषधसहित तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ बस्ने ४५ वर्षीय प्रकाश खनाललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले ग २० प ६१५५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरीले जाँच गर्ने क्रममाउक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ |