काठमाडौं । डिप्रोक्स लघुवित्तले विभिन्न पदका लागि ८१ जना कर्मचारी माग गरेको छ । लघुवित्तल शुक्रबार सुचना जारी गदै उक्त संख्यामा कर्मचारीे माग गरेको हो ।
संस्थाले विभिन्न पदका लागि ८१ जना कर्मचारीको माग गरेको छ । संस्थाले अधिकृतका लागि ३ जना, सहायक अधिकृतका लागि ३ जना, कार्यक्रम सहायकका लागि २० जना र कनिष्ठ सहायकका लागि ५५ जना गरी ८१ जना कर्मचारीको माग गरेको विज्ञापनमा उल्लेख गरिएको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्रसंस्थाको आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।