काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा गरी २४ जनाको लागि आवेदन खुलाएको छ । शुक्रबार एक सुचना जारी गदै राष्ट्रिय बीमा कम्पनील सो संख्यामा कर्मचारी माग गरेको हो ।
बीमा कम्पनीद्वारा नवौँ तहको व्यवस्थापक पद देखि चौँथो तहको सहायक ख पदसम्मको लागि आवेदन माग गरिएको छ । विभिन्न पदका लागि न्युनतम प्लस टू गरेकादेखि स्नाकोत्तर गरेका सम्मले आवेदन दिन सक्नेछन् । त्यस्तै, उमेर समुहमा न्युनतम १८ वर्षदेखि अधिकतम ४० वर्ष सम्मकाले आवेदन दिन सक्नेछन् ।
दरखास्त दिन नियमित शुल्कमा पुष २ गतेदेखि माघ १ गतेसम्म र विलम्ब शुल्क तिरेर माघ ८ गतेसम्म तोकेको बीमा कम्पनीले जनाएको छ ।