images
images

काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित


  • 717
    SHARES
  • २०७८ पौष १ गते बिहीबार

    काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

    काठमाडौं । काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा दुई उम्मेदवारले सर्वाधिक मत पाएपछि उनीहरु निर्वाचित भएका छन् । 

    अहिले मतगणना जारी छ । तर, कुल गन्न बाँकी मत भन्दा दुई उम्मेदवारको अग्रता बढी भएपछि उनीहरु निर्वाचित भएका हुन् । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ । 

    यसैबीच जीत पक्का भएसँगै विश्वप्रकाश शर्माले साढे ४ बजे सुन्दरीजल जेलमा पत्रकार सम्मेलनको आह्वान गरेका छन् । उनले उम्मेदवारीको घोषणा समेत त्यही जेलमा रुख रोपेर गरेका थिए । 


    images
    images

    Logo