images
images

नक्कली नेपाली रुपैयाँ सहित पक्राउ


  • 396
    SHARES
  • २०७८ पौष १ गते बिहीबार

    नक्कली नेपाली रुपैयाँ सहित पक्राउ

    रौतहट । परोहा नगरपालिका–८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय विकास जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसाद रहेका छन् । 

    बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ६९ थान र ५ सय दरको १ थान गरी उक्त नक्कली रुपैयाँ सहित फेला पारी मोटरसाइकल चालक विकास र मोटरसाइकलमा सवार अजयलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 


    images
    images

    Logo