काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारीमा भारी मतका कारणले पछि परेपछि रिजालले लगतै राजीनामा दिएका हुन् ।
बिहीबार मत मतपरिणामकाे अनुसार रिजालले जम्मा ४ सय ८० मत पाएका छन् । जबकि उनकै प्यानमा रहेका गगन थापाले १ हजार ८ सय ४२ मत पाएका छन् ।
पछिल्लो परिणामअनुसार रिजाले डाक्टर राजाराम कार्कीलाई मात्रै उछिनेका छन् । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।