काठमाडौं । एक महिनामा देशको शोधनान्तर स्थिति ७४ अर्ब रुपैयाँले नकारात्मक भएको छ । नेपाल राष्ट्र बैंकले जानरी गरेको तथ्यांक अनुसार कात्तिक महिनामा शोधनान्तर स्थिति ७४ अर्ब २५ करोड रुपैयाँले थप नोक्सानीमा गएको हो ।
असोज मसान्तसम्मको ३ महिनामा यस्तो नोक्सानी ७५ अर्ब १३ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको ४ महिनामा यो आकार बढेर १ खर्ब ५० अर्ब ३८ कारोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षकोृ यही अवधिमा शोधनान्तर अवस्था १ खर्ब १ अर्ब रुपैयाँ सकारात्मक अवस्थामा थियो ।
यो अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब रुपैयाँले नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोड रुपैयाँले बचतको अवस्थामा थियो
शोधनान्तर अवस्था नकारात्मक भएसँगै १३ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ । असार मसान्तको तुलनामा यस्तो नोक्सानी ५.७ प्रतिशतले कमी हो । यो सञ्चितिले ८.६ महिनाको वस्तु तथा ७.८ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।
यो अवधिमा देशमा भित्रिने कुल रेमिट्यान्स घटेर २ खर्ब ३९ अर्ब ३२ करोडमा झरेको छ । अघिल्लो वर्ष यस्तो वृद्धि १२ प्रतिशत भन्दा धेरै रहेको थियो ।



