images
images

प्रचण्डको अभिव्यक्तिबारे ओलीको टिप्पणी : कुन शेयर कारोबारीले चन्दा दिएन होला...


  • 353
    SHARES
  • २०७८ मंसिर २९ गते बुधबार

    प्रचण्डको अभिव्यक्तिबारे ओलीको टिप्पणी : कुन शेयर कारोबारीले चन्दा दिएन होला...

    काठमाडौं । पुँजीबजारको सम्बन्धमा माओवादी अध्यक्ष पुष्पकल दाहाल प्रचण्डकोृ टिप्पणीप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले तिखो टिप्पणी गरेका छन् । ओलीले शेयर कारोबारीले चन्दा नजिएको झोकमा प्रचण्डले यस्तो बोलेको आरोप लगाएका हुन् । 

    ‘साम्राज्यवाद विकसित भयो भने शेयर बजारमा जान्छ रे ... ! लेलिन भन्दा पनि अलि बढी नै जान्ने भएजस्तो । लेलिनले पुँजीवाद विकसित भयो भने सामन्तबाद आउँछ भनेका थिए । तर, साम्राज्यबाद विकसित भएर शेयर बजारमा जान्छ भनेर प्रचण्डले एउटा नयाँ थेसिस ठोक्दिए, २ दिनमा शेयर बजार धरासायी ।’ ओलीले भने, ‘त्यसको जनताको जीवनमा कस्तो असर हुन्छ ? जनताको, लगानीकर्ताको आर्थिक स्थितिमा के हुन्छ केही पनि मतलव छैन । कुन शेयर कारोबारीले चन्दा दिएन होला ! ए.. मलाई चन्दा नदिने अब ध्वस्त बनाइदिन्छु । न रहे बाँस, न बजे बाँसुरी ।’

    ललितपुरमा आयोपिजत एक कार्यक्रममा उनले प्रचण्डमाथि यस्तो टिप्पणी गरेका हुन् । प्रचण्डले पुँजी बजारलाई साम्राज्यवादको विकसित रुप भनेपछि यतिबेला बजारका लगानीकर्ताहरु उनीदेखि आक्रोशित छन् । त्यही बेला ओलीले लगानीकर्तालाई रिझाउनेगरी प्रचण्डमाथि खनिएका हुन् । 


    images
    images

    Logo