images
images

अर्थमन्त्रीले उद्योगीसँग सोधे, ‘ब्याजदर निर्धारण बजारलाई छोडिदिने कि नियामकलाई ?’


  • 347
    SHARES
  • २०७८ मंसिर २९ गते बुधबार

    अर्थमन्त्रीले उद्योगीसँग सोधे, ‘ब्याजदर निर्धारण बजारलाई छोडिदिने कि नियामकलाई ?’

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर निर्धारण बजारलाई छाड्ने कि नियामकलाई छाड्ने निर्णय गर्न सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना कार्यक्रममा मन्त्री शर्माले अहिलेकै सरकार उद्योगीको सुझाव अनुसार नै अघि बढ्ने भन्दै दुई मध्ये एक विकल्प रोज्न सुझाएका हुन् । 

    अहिले सैद्धान्तिक रुपमा बजारले ब्याजदर तोक्ने भए पनि यसमा नेपाल राष्ट्र बैंकले अंकुश लगाउँदै आएको छ । उद्योगीले भने ब्याजदर बढ्न लाग्दा नियामकले हस्तक्षेप गर्नुपर्ने बताउँदै आएका छन् भने ब्याजदर घट्न खोज्दा बजारलाई छोड्नुपर्ने माग राख्दै आएका छन्. । यस्तो अवस्थामा शर्माले उद्योगीसँग नै ब्याजदर निर्धारणको विकल्प सोधेका हुन् । 

    उनले बैंकहरुलाई एनआरएनबाट निक्षेप र अन्य विदेशी संस्थाबाट ऋण लिएर लगानीयोग्य पुँजीको अभावसम्बन्धी समस्या समाधान गर्न सुझाव दिए । 

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा कोभिडपछिको रिकभरीको अवस्थामा उद्योगीहरुले भोगेको समस्याबारे चर्चा गरेका थिए । उनले बढ्दो ब्याजदर, तरलताको अभाव जग्गा तथा निर्माण सामाग्रीको बढ्दो मूल्य, विद्युत्को महँगो मूल्य तथा जग्गाको आकाशिँदो मूल्यका कारण उत्पादन लागत बढ्दै गएको बताए । 


    images
    images

    Logo