काठमाडौं । वुटवल पावर कम्पनीले साधरणसभा बोलाएको छ । कम्पनीको आज बिहान बसेको बैठकले पुस २६ गतेका लागि साधारणसभा बोलाएको हो ।
कम्पनीले पुस २६ गते आफ्नो रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि साधारणासभा बोलाएको छ।
साधारणसभा प्रयोजनको लागि पुस ११ गतेदेखि साधारणसभा नभएसम्मका लागि शेयरधनी किता खाता बन्द गर्ने निर्णय समेत सो कम्पनीले गरेको छ । यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयधरनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।