काठमाडौं । लोकसेवा आयोगले विभिन्न २ सय ८४ जनाको लागि जागिर खुलाएको छ । आयोगले बुधबार सूचना प्रकाशित प्रशासन, राजश्व, न्याय तथा लेखा समूहमा अधिकृत स्तरका लागि जागिर खुलाएको हो ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेको उम्मेदवारले अनलाइनमार्फत् फारम भर्न सक्नेछन् ।
आयोगले पुष २० गतेसम्म म्याद दिएको छ भने दोब्बर दस्तुरको म्याद पुष २७ गतेसम्म तोकेको छ । सम्बन्धित विषयमा सनातक तह उतीर्ण गरेका २१ वर्षदेखि ३५ वर्षसम्मका व्यक्तिले सो पदका लागि आवेदन दिन सक्नेछन् । साथै महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष उमेर अधिकतम उमेर कायम गरिएको छ ।