काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति बनेका हुन् ।
पहिलाे चरणकाे निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदान भएकाे थियाे । साे मतदानमा ४ हजार ६ सय २३ मत खसेकोमा देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गर्दा कोइरालाले १ हजार ८ सयल५५ मत पाएका छन् ।