images
images

वाग्मती प्रदेशमा थपिए ५ मन्त्री र १ राज्यमन्त्री


  • 489
    SHARES
  • २०७८ मंसिर २८ गते मंगलबार

    वाग्मती प्रदेशमा थपिए ५ मन्त्री र १ राज्यमन्त्री

    हेटौंडा । वाग्मती प्रदेश मन्त्रिमण्डलमा ६ जना थपिएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले ५ मन्त्री र १ राज्यमन्त्रीसहित मन्त्रिमण्डल विस्तार गरेका हुन् । नयाँ मन्त्रीमध्ये नेकपा माओवादी केन्द्रबाट तीन जना र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । 

    माओवादी केन्द्रका घनश्याम दाहाललाई श्रम, रोजगार तथा यातायात, विशाल खड्कालाई वन तथा वातावरण र रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

    एकीकृत समाजवादी पार्टीका वसन्त मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र वसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् ।

    नेपाली काँग्रेसले भने अहिलेसम्म कुनै नाम पठाएको छैन । केन्द्रीय महाधिवेशन चलिरहेकोले काँग्रेसले नाम नपठाएको हो । 


    images
    images

    Logo