काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तात्कालिन डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको समितिले दिएको ५८ बुँदे सुझावको बाँकी काम काम पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
पुँजीबजार सुदृढीकरण कार्यलदका प्रतिनिधिसँग मंगलबार भएको भेटमा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । सो क्रममा उनले नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जका प्रमुख नियुक्ति समेत यथाशिघ्र गर्ने प्रतिवद्धता व्यक्त गरेको कार्यदलका संयोजक अक्बिका पाैडेलले जानकारी दिए ।