काठमाडौं । शेयर बजारमा आज उत्साह छाएको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से एक सय अंक भन्दा धेरैले बढेको छ । समग्र बजार बढेसँगै आज दर्जनौं कम्पनीको मूल्यमा सकारात्कम सर्किट लागेको छ ।
दिउँसो १ बजेसम्म १४ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यसरी मूल्य बढ्ने कम्पनीमा विशाल बजार कम्पनी, प्रोग्रेसिभ फाइनान्स, मल्टिप्रोपोज फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर, सञ्चकन्या माई हाइड्रोपावर, आँखुखोल जलविद्युत्, आशा लघुवित्त, युनियन हाइड्रोपावर, सबेको लघुवित्त, युनाइटेड इदी मर्दी हाइड्रोपावर, सामलिङ हाइड्रोवार र न्यादी हाइड्रोपावर रहेका छन् ।