images
images

काँग्रेसमा सभापतिको मतगणना सकियो, कसले कति मत पाए ?

दोस्रो चरणको निर्वाचन आजै


  • 490
    SHARES
  • २०७८ मंसिर २८ गते मंगलबार

    काँग्रेसमा सभापतिको मतगणना सकियो, कसले कति मत पाए ?

    काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिको छनौटका लागि पहिलो चरणको मतगणना सकिएको छ । 

    मतगणना अनुसार सभापतिमा शेरबहादुर देउवाले २ हजार २ सय ४९ मत, शेखर कोइरालाले १ हजार ७ सय ५१ मत पाएका छन् । त्यस्तै प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरुङले २० मत पाएका छन् । ७७ मत बदर भएको छ । 

    कुल सदर मतको बहुमत कसैले नल्याए निर्वाचन दोस्रो चरणमा जानुपर्ने व्यवस्था अनुसार अब निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरणमा अब देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । 


    images
    images

    Logo