काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिको छनौटका लागि पहिलो चरणको मतगणना नसकिँदै दोस्रो चरणको निर्वाचनको तयारी सुरु भएको छ । पहिलो चरणमा दोस्रो स्थानमा आउन नसकेका उम्मेदवारको समर्थन खोज्ने प्रक्रिया सुरु भएको हो ।
सभापतिका उम्मेदवार शेरबहादुर देउवा पक्षका नेता बालकृष्ण खाँड दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन जुटाउन उनकै निवासमा पुगेका छन् । प्रकाशमानले देउवालाई समर्थन गरे दोस्रो चरणमा सहज जीत हुने देउवा पक्षको अनुमान छ ।