काठमाडौं । वीरगञ्जको एकीकृत जाँचचौकी (आईसीपी) भन्सारको बाटो भएर चालू आर्थिक वर्षमा १ लाख १२ हजार २४१ सवारी साधन भित्रिएका छन ।
यस वर्षको साउन १ देखि मंसिर २४ गतेसम्ममा विभिन्न सामग्री लोड भएका र नयाँ सवारी साधन गरी एक लाख १२ हजार २ सय ४१ सवारीसाधन भित्रिएको नेपाल इन्टरमोडल यातायात विकास समिति आईसीपी कार्यालयका प्रमुख कमल ज्ञवालीले जानकारी दिए । सोही अवधिमा आईसीपी भन्सारको बाटो भएर १३ हजार ४ सय ३२ सवारीसाधन बाहिरिएका छन । आथिर्क वर्ष २०७७/७८ को सोही अवधिमा आईसीपी भन्सारको बाटो भएर ७४ हजार ८५३ वटा सवारीसाधन भित्रिएका थिए भने छ हजार ७ सय ४३ सवारीसाधन बाहिरिएका थिए ।
कोभिड–१९ का कारण आयात निर्यात प्रभावित हुदाँ भित्रिने÷बाहिरिने सवारीसाधनको सङ्ख्या कम भएको आईसीपी कार्यालयका प्रमुख ज्ञवालीले बताए । चालू आर्थिक वर्षको सो अवधिमा आईसीपी भन्सारको बाटो भएर एलपी ग्यास बोकेका छ हजा। ५९ ग्यास बुलेट, पेट्रोल बोकेका आठ हजार ३० ट्याङ्की र डिजल बोकेका ३६ ट्याङ्की नेपाल भित्रिएका छन् ।
त्यसैगरी ११ हजार १३८ वटा नयाँ गाडीका चेसिस भित्रिएको नेपाल आईसिपी सूचना अधिकृत हरिराज पौडेलले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा पाँच हजार २ सय ९१ एलपी ग्यास बोकेका ग्यास बुलेट भित्रिएको उनँले बताए । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसीपी भन्सार भएर नेपाल भित्रिने सवारीसाधान र नेपालबाट बाहिरिने सवाीसाधनको व्यव‚थापन गर्ने गरेको छ । समितिले प्रवेश शुल्क, पार्किङ शुल्क, गोदाम भाडा, तौल÷काँटा शुल्क असुली गर्ने गरेको नेपाल आईसीपी कार्यालयका शाखा अधिकृत तर्कराज जोशीले बताए । गोरखापत्र दैनिकबाट



