काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
बैंकले सिबिएस असिस्टेन्टतर्फ जुनियर असिस्टेन्ट र सफ्टवेयर डेभलपर तथा नेटवर्क असिस्टेन्टतर्फ असिस्टेन्ट देखि सुपरभाइजरसम्म कर्मचारी मागेको हो
जुनियर असिस्टेन्ट पदका लागि कम्तिमा +२ उतीर्ण भएको र असिस्टेन्ट र सुपरभाइजर पदका मान्यता प्राप्त शैक्षिक संस्थाबाट सूचना प्रविधिमा स्नातक तह द्धितीय तह उतिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
इच्छुक योग्यता पुगेका नागरिकले पौष ८ गते भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।