काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व छलीको अभियोगमा भद्रपुर भन्सार कार्यालयका अधिकृत प्रमोद पौडेलसहित ४ जना विरुद्ध १ अर्ब ६० करोड रुपैयाँ बिगोसहित मुद्दा दायर गरेको छ ।
विभागले सोमबार भन्सार अधिकृत पौडेल, नायव सुब्बा नानुका पोखरेल आचार्य, लक्ष्मी विश्वकर्मा र किशोर आचार्य विरुद्ध सो बराबरको बिगो र सोही नै बराबर मागदाबी सहित उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको हो ।
उनीहरुले भन्सार चोरी पैठारी गरी राजश्व चुहावटमा सहयोग गरेको दाबी विभागले गरेको छ ।