images
images

काँग्रेस १४औँ महाधिवेशन : मतदान गर्ने समय ९ बजेसम्म थपियो


  • 455
    SHARES
  • २०७८ मंसिर २७ गते सोमबार

    काँग्रेस १४औँ महाधिवेशन : मतदान गर्ने समय ९ बजेसम्म थपियो

    काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि सुरु भएकाले मतदानको समय थप गरिएको हो । 

    निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। कांग्रेस १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता रहेका छन् । 

    साँझ ५ बजेसम्म दुई हजारभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।


    images
    images

    Logo