images
images

अघिल्लो साता सुधारिएको बैंकको निक्षेप फेरि ओरालोतिर, पुसमा के होला ब्याजदर ?


  • 360
    SHARES
  • २०७८ मंसिर २७ गते सोमबार

    अघिल्लो साता सुधारिएको बैंकको निक्षेप फेरि ओरालोतिर, पुसमा के होला ब्याजदर ?

    काठमाडौं । मंसिर तेस्रो हप्ता सुधारिएको वाणिज्य बैंकको निक्षेप चैथो अप्ता फेरि ओरालो लागेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार मंरिको चौथो साता ४२ अर्ब २६ करोडबाट घटेर ४२ अर्ब २१ करोडमा सीमित भएको हो । 

    यही साता कर्जा प्रवाह भने ८ अर्ब रुपैयाँले बढेको छ । यस्तो कर्जा प्रवाह ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । अघिल्लो साता यस्तो कर्जा ४० खर्ब ६९ अर्ब रुपैयाँ बराबर थियो । 

    बैंकहरुको कर्जा घटेसँगै यो साता र्का प्रवाहको आकार भने घटेको छ । अघिल्लो साता १४ अर्ब रुपैयाँलले कर्जा विस्तार गरेका बैंकहरुले यो साता यसलाई आमा झारेका छन् । यद्यपि कर्जा र निक्षेपको असन्तुलन भने यो साता झन्डै १५ अर्ब देखिएको छ । 

    चौथो साताको निक्षेपलाई बैंक तथा वित्तीय संस्थाको निक्षेपको व्याज निर्धारण गर्ने आधारको रुपमा लिइन्छ । पछिल्लो तथ्यांकका आधारमा बैंकहरुले मंसिरमा ब्याजदर बढाउँदा पनि निक्षेप बढेको देखिँदैन । 

    बैंकहरुले मंसिरमा मुद्दती खाताको ब्याजदरलाई अधिकतम ९.३६ प्रतिशतबाट बढाएर १०.०५ प्रतिशत पुर्याए । तर, यही महिनामा १२ अर्बले निक्षेप पलायन भएको देखिएको छ । यही कारणले पुसमा निक्षेपको ब्याजदर नबढाउने गृहकार्य बैंरहरुले गरिरहेका छन् । 

    ब्याजदर नबढाउनकै लागि बैंकर्स एशोसिएसन, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र नेपाल वित्तीय संस्था संघबीच कुराकानी चलिरहेको बताइन्छ । यद्यपि राष्ट्र बैंकको नियमानुसार १० प्रतिशत ब्याजदर बढाउन पाउने व्यवस्था अनुसार संघहरुले गरेको आग्रह कुनै पनि एउटा वित्तीय संस्थाले मात्रै पनि नमानेको अवस्थामा यो प्रयास सार्थक नहुने अवस्था देखिन्छ । 


    images
    images

    Logo