images
images

काँग्रेसको नेतृत्वका लागि आज निर्वाचन हुँदै, १३२ पदमा यसरी हुँदैछ चुनाव


  • 304
    SHARES
  • २०७८ मंसिर २७ गते सोमबार

    काँग्रेसको नेतृत्वका लागि आज निर्वाचन हुँदै, १३२ पदमा यसरी हुँदैछ चुनाव

    काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज निर्वाचन हुँदैछ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आज पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान हुन लागेको हो । सभापति, २ जना उपसभापति, २ जना महामन्त्री, ८ जना सहमहामन्त्री र १ सय १९ जना केन्द्रीय सदस्यका लागि आज मतदान हुन लागेको हो । 

    काँग्रेस विधान अनुसार १ सय २१ केन्द्रीय सदस्य निर्वाचित हुनुपर्नेमा प्रदेश २ अन्तर्गत खुला केन्द्रीय सदस्यमा आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएपछि १ सय १९ सदस्यको लागि मात्रै निर्वाचन हुन लागेको हो । 

    काँग्रेसको विधान अनुसार सभापति बाहेकका सबै पदका सबैभन्दा धेरै भोट पाएका उम्मेदवारहरु निर्वाचित हुने व्यवस्था छ । तर, सभापतिका लागि भने कुल सदर मतको बहुमत ल्याउनै पर्ने व्यवस्था छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसके दोस्रो चरणमा सबैभन्दा धेरै भोट आएका २ जनाबीच प्रतिस्पर्धा हुनेछ । 

    आन हुने निर्वाचनमा ४ हजार ७ सय महाधिवेशन प्रतिनिधि मतदानका लागि योग्य छन् । उनीहरुले २९ वटा मतपत्र प्रयोग गरेर भोट हाल्नु पर्नेछ । मतदानका लागि ८७ वटा मतपेटिकाको राखिएको छ । 

    आज बेलुकी मतदान सकिएलगत्तै मतगणना सुरु हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ । सभापतिमा दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएका कारण सुरुमा सभापतिकै मतगणना हुने जनाइएको छ । मतगणना भने पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।


    images
    images

    Logo