काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघ (रेमिटर्स एशोसिएसन) मा नयाँ नेतृत्व आएको छ । संघको १६ औं वार्षिक साधारणसभाले चन्द्र चण्डनको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन गरेको हो ।
सिटी एक्सपे्रस मनि ट्रान्सफर प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत टण्डन नेतृत्व बनेको सो कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षमा नेपाल रेमिट इन्टरनेशनलका रितेश मित्तल, महासचिवमा सूर्या रेमिट प्रा.लि.का सञ्जय सिग्देल, कोषाध्यक्षमा आईपे रेमिट प्रा.लि. इन्द्रप्रसाद शर्मा तथा सचिवमा इजिलिङ्क रेमिट्यान्स प्रा.लि. दिपेन्द्र खनाल चयन भएका छन् ।
यसैगरी सदस्यतर्फ क्यास वे मनिट्रान्सफर प्रा.लि. प्रविन अधिकारी, ९जिएमई रेमिट प्रा.लि.का दिवाकर पौडेल, एटिटि रेमिट प्रा.लि.का सञ्जिव पाठक चयन भएका छन् । त्यस्तै, हिमालयन बैंककी युमा श्रेष्ठ र प्रभू मनि ट्रान्सफर प्रा.लि. रामेश्वर सापकोटालाई नवनिर्वाचित अध्यक्ष टण्डनले सदस्यमा मनोनयन गरेका छन् ।
नयाँ कार्यसमिति बनेसँगै यसअघि आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल नेतृत्वमा रहेको कार्यसमिति निवर्तमान बनेको छ । सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिवद्धता व्यक्त गरे ।



