images
images

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु


  • 318
    SHARES
  • २०७८ मंसिर २६ गते आइतबार

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
    सिन्धुपाल्चोक, बलेफी बिन्जेलस्थित भित्री सडकमा बस अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा बस चालक बलेफी ३५ वर्षीय राजु तामाङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसमा सवार २५ जनालाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।

    झापा, बिर्तामोडमा निधी कलेज नजिक भित्री सडकमा कार र मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक  ५० वर्षीय नगेन्द्र भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

    धादिङ, गजुरी  स्थित सडकमा स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर खाई उक्त मोटरसाइकललाई ट्रकले समेत ठक्कर दिँदा मोटरसाइकल चालक बेनिघाट रोराङका ३३ वर्षीय सुक बहादुर चेपाङको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जना गजुरी अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

    काभ्रे, बनेपा उग्रचण्डी होटल अगाडि सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री रोसी बस्ने ३७ वर्षीय चतुरमान तामाङको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । 

    सिरहा, धनगढीमाई मुसर्नियास्थित सडकमा सडक निर्माण गर्दै गरेको नम्बर नभएको लोडर ब्याक गर्ने क्रममा लोडरले किच्दा सोही ठाउँ बस्ने ९ वर्षीय सिद्धार्थ मोक्तानको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। 

    यसैगरी सिरहा, लहान पडरिया चोक नजिक मोटरसाइकल र अर्को मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलचालक कल्याणपुर बस्ने ४६ वर्षीय मो।गधारे राईमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चालक सहित २ जनाको माँ धमिनी अस्पताल लाहानमा उपचार भइरहेको छ ।


    images
    images

    Logo