काठमाडौ । आज सुनचाँदी बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १ सय ९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।