images
images

गुहाटीका पत्रकार देवानले पाए अन्तराष्ट्रिय पदक


  • 355
    SHARES
  • २०७८ मंसिर २५ गते शनिबार

    गुहाटीका पत्रकार देवानले पाए अन्तराष्ट्रिय पदक

     काठमाडौं । सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता साताँै अन्तरराष्ट्रिय सम्मान–२०२० बाट पत्रकार नन्दकुमार देवान सम्मानित भएका छन् । अमेरिका–नेपाल र राष्ट्रिय प्रेस क्लबको आयोजनामा आज उनलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सम्मानपत्र सहित पदक प्रदान गरेका थिए । 

    कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो पुरस्कारले नेपालमा रहेर सो क्षेत्रमा काम गर्ने पत्रकारमा समेत जोस जाँगर भर्ने बताए । उनले अन्तराष्ट्रिय मानवअधिकार दिवस पारेर प्रदान गरेको सो पुरस्कारले पत्रकारीता क्षेत्रमा उर्जा प्राप्त भएको बताए । उनले भने अमेरिका नेपाल प्रेस क्लब र राष्ट्रिय प्रेस क्लबले गरेको सो कार्य महत्वपुर्ण छ ।

     दुई संस्थाले विभिन्न मुलुकका पत्रकारको अवस्थाबारे अध्धयन गरेपछि देवानलाई पदक र सम्मानपत्र प्रदान गरिएको हो । यस अघि जापान, अमेरिका जर्मन, फ्रान्स, उत्तरकोरिया का विशिष्ट व्यक्तिले अन्तराष्ट्रिय सम्मन पाइसकेका छन् । 
    सो विधाको पुरस्कार पाउने देवान  भारतको पूर्वी असम मा जन्मिएक थिए ।

    पारम्भिक पढाइ गाउँमै गरेका देवानले सिक्किम मणिपाल युनिभर्सिटी बाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरी सिक्किम राष्ट्रिय विश्वविद्यालय बाट अन्तरराष्ट्रिय सम्बन्ध विषयको मास्टर्स अघि बढाउन नपाएतापनि पत्रकारितामा कम्युनिष्ट डेभलपमेन्टका विषयमा समेत निरन्तर काम गर्दै आएका छन् । 

    देवान पत्रकार मात्रै नभएर एक कुशल विषय बक्ता समेत हुनुहुन्छ । विगतदेखि सामुदायिक विकास पत्रकारिता क्षेत्रमा देवानको योगदान अतिनै रहेको छ । सो पुरस्कारका लागि गुवाहाटीबाट प्रकाशित हुने नेपाली भाषाको मासिक पत्रिका ‘सपरीवार’ बाट उनी ‘टप १० गोर्खा अफ असम’ मा परेका थिए ।

    देवानलाई सन २००९ मा आसामको राजधानी गौहाटी प्रेस क्लबको मानार्थ एसोसिएट सदस्यता दिइएको थियो । देवानलाई भारतको पश्चिम बंगालको कालिम्पोङमा ‘राष्ट्रिय उमरते पत्रकार २००९’ प्रदान गरिएको थियो  । सन् २०१० मा ‘गान्तोकमा सिक्किम प्रेस क्लब’ द्धारा पनि सम्मान गरिएको थियो । 
     
    देवान  नन्द किराती देवान जनसञ्चार तथा पत्रकारिता मा १५ वर्ष लामो क्यारियरका अधिकारी पनि हुन । देवानले पत्रकारिताको करियर ‘युवि न्यूज एण्ड फोटोज गुवाहाटीको समाचार एजेन्सी २००६’ मा फोटो पत्रकार सह सामग्री सम्पादकको रुपमा शुरु गरेका थिए । 

    हाल देवान आसाम टाइम्स अनलाइन सामुदायिक समाचार पोर्टलको सहयोगी सम्पादकको रुपमा कार्यारत छन ।  भने देश अनि विदेशको सञ्चार माध्यममा पनि समाचार प्रेशन गर्दै आइरहेका छन । देवानले पत्रकारितको करियरको शुरुवातदेखिनै सामुदायिक विकासका विषयहरु र अन्तरराष्ट्रिय सम्बन्धहरुमा केन्द्रीत विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय समाचार संस्थाहरुमा योगदान दिएका छन् । 
    अनलाइन समाचार साईटहरुको आगमनमा देवाले ‘द दार्जिलिङ टाइम्स’, ‘हिमालयन बीकन’, ‘कलिम न्यूज,’ ‘द गोरखा टाइम्स,’ ‘द सिक्किम टाइम्स’का लागि नियमित रुपमा योगदान गरेका जनाइएको छ । 

    देवानका समाचारहरु नेपाली भाषाका दैनिक पत्रिका ‘हिमालय दर्पण’ अनि ‘हाम्रो प्रजाशक्ति’ र मासिक पत्रिका ‘इस्टन प्यानोर’मा तथा ‘द नर्थ इस्ट टुडे’  र ‘दार्जलिङ टाइम्स’ आदिमा पनि प्रकाशित छन् । 

    देवानले हाल गोर्खा समुदायका विद्यार्थी तथा युवा संगठन र नागरिक समाज संगठन,  ,भारतीय गोर्खा परिसंघ, भारतको गोर्खाहरुको राष्ट्रिय सामाजिक संस्थाको युवा इकाई भारतीय गोर्खा युवा परिसंघको राष्ट्रिय अध्यक्ष भैसकेका छन् ।
     
    कार्यक्रममा दलित महिला तथा विकास केन्द्रका अध्यक्ष रुपलाल राम , हाप्कीडो खेलको क्षेत्रबाट मुलुकलाई विश्वभर परिचय दिदै आएका भुवनबुढा मगर र सामाजिक क्षेत्रमा सक्रिय रहेर आर्थिक विकासमा योगदान पु¥याउने इन्द्रभुषण सिंहका नाममा उनका छोरा गौरबकुमार सिंहलाई भने कदरपत्र प्रदान गरिएको थियो । 

    उक्त कार्यक्रममा बोल्दै अमेरिका–नेपाल प्रेस क्लब नेपालका संयोजक ईश्वरराज ढकालले सो सम्मानका साथै कदरपत्ररले मुलुकका पत्रकारलाई समेत पत्रकारिता गर्न अझै जोस अनि जाँगर बढाउने भनाइ राखे । अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले मुलुक समृद्धिका लागि कलम चलाउने पत्रकारमा समाज दिशानिर्देश गर्ने भूमिका रहने आँैल्याए ।
     
    नेपाल डाइबिटीक सोसाइटीका अध्यक्ष रोशनकृष्ण न्याछ्यौंले पत्रकारिता मार्फत विश्वशान्त्तिका लागि केही गर्छु भनेर लाग्ने व्यक्ति सम्मानित हुँदा आफूहरु समेतमा गौरवान्वीत महसुसको भान भइरहेको बताए । 
    कार्यक्रममा  बोल्दै सम्मनीत व्यक्तित्व देवानले करिब दुई दशक अघिदेखि भारतको असम प्रान्तमा जन्मिएर कमल चलाउँदै आएका देवानले सामुदायिक विकास क्षेत्रमा समाचार लेख्न दक्षिण एशियामा भने भरखरै शुरुआत भएको जानकारी गराउँदै विश्वका अन्य मुलुकमा धेरै पहिला विकास भएको सुनाए । उनले भने, “सामुदायिक पत्रकारले लेखेको समाचारको महत्व जब समुदायका मानिसमा बिक्छ तवमात्रै यसको नतिजा झल्कन्छ ।”

    सो कार्यक्रममा राष्ट्रिय प्रेस क्लबका अध्यक्ष रामकृष्ण कर्माचार्यले प्रेस क्लब गरेको कार्यक्तबारको बारेमा जानकारी गराएका थिए । उनले सो सम्मनले पत्रकारिता र सामाजिक क्षेत्रको उचाइ बढेको उल्लेख गरे ।  


    images
    images

    Logo