images
images

केपी ओलीले बोल्दै गर्दा माइक बिग्रिएपछि...


  • 462
    SHARES
  • २०७८ मंसिर २४ गते शुक्रबार

    केपी ओलीले बोल्दै गर्दा माइक बिग्रिएपछि...

    काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोल्दै गर्दा माइक बिग्रिएपछि ओली त्यतिकै बोल्न छाडेका छन् । 

    ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै ‘केही साना पार्टीहरुलाई काँग्रेसको औंला नसमाई हिड्न सक्दैनन्...’ भन्दै व्यङ्ग्य गर्दै थिए । त्यही बेला अचानक माइकले काम गर्न छोडेपछि एकैछिन ओली त्यतिकै रोकिए । 

    तर, माइकको प्राविधिक समस्या समाधान भएपछि ‘मैले शेरबहादुरजीलाई छाडिदिएँ...’ भन्दै आफ्नो आशनमा फर्किए । तर, उद्घोषक रहेका विश्वप्रकाश शर्माले आफ्नो विचार टुंग्याउन भनेपछि ओली फेरि बोल्न गएका थिए । 

    तर, उनले यसअघिको विषयलाई निरन्तरता नदिएर फेरि शुभकामना भन्दै आफ्नो मन्तव्य टुंग्याए । 


    images
    images

    Logo