काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल आक्रोशित भएका छन् । नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा लिङ्देनले राखेका विचारप्रति नेपाल र दाहादले आक्रोश देखाएका हुन् ।
लिङ्देनले गाउँमा जाँदा जनताले नेतालाई चोरको संज्ञा दिने गरेको भन्दै अहिलेको व्यवस्थाले जनतालाई निराश बनाएको उल्लेख गरेका थिए । उनले राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र सांसद मन्त्री हुन नपाउने व्यवस्थासहितको नयाँ संरचना निर्माण गर्नुपर्ने बताएका थिए ।
लिङ्दनेनपछि बोलेका नेपालले लिङ्दनेप्रति लक्षित गर्दै कुतत्वहरु फेरि सल्बलाउन थालेको भन्दै सावधान रहन सचेत गराए । उता, दाहाले पनि अहिले पनि गणतन्त्रको आकाशमा खतराको कालो बादल मडारिन थालेको भन्दै यसलाई सफल हुन नदिने उद्घोष गरे ।



