images
images

भन्सार छली भित्र्याइएको ट्रक नियन्त्रणमा


  • 403
    SHARES
  • २०७८ मंसिर २४ गते शुक्रबार

    भन्सार छली भित्र्याइएको ट्रक नियन्त्रणमा

    काठमाडौं । बिल बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरेको एउटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ । प्रहरीका अनुसार वीरगञ्ज  घण्टाघर सडकखण्डमा  मालवाहक सामग्रीसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको हो । 

    सो क्रममा उक्त ट्रक तथा चालक बाराको जितपुर सिमरा बस्ने  सागर रायलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । करिब ५ लाख मूल्य बराबरको भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामान लोड गरिएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त ट्रकमा बिलबिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालवस्तु लोड गरिएको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo