images
images

कोरिया जानेले १५ सय डलरसम्म लिएर जान पाउने


  • 288
    SHARES
  • २०७८ मंसिर २४ गते शुक्रबार

    कोरिया जानेले १५ सय डलरसम्म लिएर जान पाउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरियामा जाने नेपालीलाई १ हजार ५ सय डलर (१ लाख ८० हजार रुपैयाँ) सम्म लिएर जान छुट दिएको छ । बिहीबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले सो बराबरको सटही उपलब्ध गराउने जनाएको हो । वैदेशिक रोजगार विभागले सिफारिस गरेको आधारमा यस्तो सटही उपलब्ध गराइनेछ । 

    अहिले रोजगारीका लागि विदेश जानेले अधिकतम २ सय डलरभन्दा बढी लिएर जान पाउँदैनन् । तर, कोरियामा काम गर्न जाने नेपालीले क्वारेन्टिनमा बस्नुपर्ने भएका कारण यसरी बस्दा हुने खर्चका लागि सो सुविधा उपलब्ध गराइएको बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए । 

    यस्तो स कोरियामा जाने कामदारलाई यो छुट दिँदा अन्य देशमा जाने कामदारको लागि भने यो सीमा २ सय डलरमै यथावत राखिएको छ । 


    images
    images

    Logo