images
images

शिवम् कन्सट्रक्सनका सञ्चालक विरुद्ध मुद्दा


  • 473
    SHARES
  • २०७८ मंसिर २३ गते बिहीबार

    शिवम् कन्सट्रक्सनका सञ्चालक विरुद्ध मुद्दा

    काठमाडौं । १ करोड एक लाख ५२ हजार ३८६ बराबरको राजश्व छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले सत्यम शिवम् कन्सट्रक्सनका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

    विभागका अनुसार वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरेको आरोपमा सो कम्पनीका सञ्चालकद्वय रामकुमार प्याकुरेल र संगीताकुमारी झा विरुद्ध आज मुद्दा दायर गरिएको हो ।

    कम्पनीले  १६ लाख ७७ हजार ३ सय ३४ रुपैयाँ मूल्य अभिवृद्धि कर, आयकरतर्फ २९ लाख ४२ हजार ९ सय ८२ र चार लाख ५५ हजार ८ सय ७७ गरी कूल  ५० लाख ७६ हजार १ सय ९३ रुपैययाँ बराबरको राजश्व चुहावट गरेको पाइएको छ । विभागले बिगोको दोब्बर सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ । 


    images
    images

    Logo