images
images

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’का लागि प्रस्ताव आह्वान


  • 457
    SHARES
  • २०७८ मंसिर २३ गते बिहीबार

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’का लागि प्रस्ताव आह्वान

    सरकारले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयलाई भौतिक सुविधा विस्तार लगायत अनुदान पाउन स्थानीय तहमार्फत प्रस्ताव माग गरेको छ ।
         
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम को कार्यान्वयन कार्यविधि, २०७६ बमोजिम इच्छुक सार्वजनिक विद्यालयलाई आगामी पुस ८ गतेभित्र प्रस्ताव पेश गर्न आह्वान गरेको हो । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अघिल्लो सरकारले यो कार्यक्रम शुरु गरेको थियो ।
         
    शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा गत साता बसेको निर्देशक समितिको बैठकबाट चालु आर्थिक वर्षका लागि सो कार्यक्रमअन्तर्गत सार्वजनिक विद्यालयलाई स्थानीय तहमार्फत प्रस्ताव पेश गर्ने गरी सूचना प्रकाशन गर्ने निर्णय भएको थियो ।
         
    प्रस्ताव पेश गर्न विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम, डिजिटल लाइब्रेरी व्यवस्थापन, आफ्नै स्वामित्वमा जग्गा भएको विद्यालयलगायत आधारमा र शर्त निर्धारण गरिएको छ ।


    images
    images

    Logo